Chairperson - Arunima Charity Foundation

हाम्रो अपिल

नेपालको संविधानको प्रस्तावनामा समतामूलक समाजको निर्माण गर्ने सब्कल्पसहित लोकतान्त्रिक मूल्यर मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने उद्घोष गरिएको छ ।
संविधानको धारा ३१ ले शिक्षासम्बन्धी हकअन्तर्गत प्रत्येक नागरिकलाई आधारभूत तहको शिक्षा अनिवार्य÷निःशुल्क र माध्यमिक तहको शिक्षा निःशुल्क हुने प्रत्याभूति गरेको छ । संविधानले सबै नागरिकको शिक्षामा पहुँचको हक हुने व्यवस्था गरी शिक्षालाई मौलिक हकको रूपमा स्वीकार गरेको छ ।
संविधानको उक्त व्यवस्थालाई मनन गर्दा विद्यालय शिक्षाको दायित्व सरकारको हो । वित्तीय साधनस्रोतको वर्तमान अवस्थालाई हेर्दा सरकारबाट उक्त दायित्व सम्पन्न हुन सम्भव छ त ? प्रश्न अहम् छ।
नेपालको सार्वजनिक बजेटको समीक्षा गर्दा शिक्षा–बजेटको अंश त्यति उत्साहप्रद देखिँदैन । त्यो क्रमशः घट्ने क्रममा छ। अन्तर्राष्ट्रिय मानकलाई हेर्दा सार्वजनिक बजेटको १५ प्रतिशतभन्दा माथि शिक्षामा विनियोजन गर्ने क्षमता राज्यले राख्नुपर्ने हो । तर नेपाल उक्त मानकभन्दा धेरै पछि छ ।
यस्तो परिस्थितिमा सरकारले निजीक्षेत्रलाई पनि भरोसायोग्य साझेदारका रूपमा लिनु र परिचालन गर्नुपर्ने हुन्छ । मुनाफाको उद्देश्य नराखी सञ्चालन हुने शैक्षिक गुठी (निजी गुठीसमेत) लाई सरकारले प्राथमिकतामा राखेको हो कि भन्ने सब्केत विद्यालय शिक्षा प्रदान गर्ने प्रयोजनका लागि नयाँ कम्पनी खोल्न नमिल्नेव्यवस्था लागु भएकोबाट पनि मिल्छ ।
वि.सं. २०४२ सालमा स्थापित अरुणिमा विद्यालयले आफूलाई विकसित गर्दै जाने क्रममा २०५९ सालमा अरुणिमा शैक्षिक प्रतिष्ठान (निजी शैक्षिक गुठी) को रूपमा रूपान्तरित गरेको थियो । अहिले यो प्रतिष्ठान देशकै एक उत्कृष्ट शैक्षिक संस्थाको हैसियतमा उभिन सफल भएको छ । यस संस्थाले शिक्षामा मात्र होइन, परोपकारका कामहरूमा समेत आफूलाई सफलतापूर्वक विस्तार गरेको छ ।
अरुणिमा शैक्षिक प्रतिष्ठान अभिभावकलाई महँगो शिक्षाको बोझबाट राहत दिने कार्यमा कटिबद्ध भएर अगाडि बढेको छ । प्रतिष्ठानले शिक्षक, कर्मचारीको तलब सुविधा,आत्मसम्मान र मनोबल बढाउन विशेष ध्यान दिँंदै आएको छ । विभिन्न कारणले पछाडि परेका जेहनदार विद्यार्थीहरूलाई नियमित छात्रवृत्ति प्रदान गर्ने क्रममा बर्सेनि झण्डै डेड करोडको छात्रवृत्ति प्रदान गर्ने काम पनि प्रतिष्ठानले गर्दैआएको छ । छात्रवृत्ति व्यवस्थापनका सन्दर्भमा अक्षयकोष सञ्चालन गर्ने छुट्टै संस्थाको स्थापनाकोअवधारणाबाट अघि बढ्दैजाँदा 'अरुणिमा परोपकार प्रतिष्ठान' को जन्म भएको छ ।
शिक्षाबाट वञ्चित विपन्न र जेहनदार विद्यार्थीलाई शिक्षाको अवसर प्रदान गर्न अरुणिमा शैक्षिक प्रतिष्ठानका शैक्षिक कार्यक्रमहरूमा आबद्ध गरी छात्रवृत्ति उपलब्ध गराउने र प्राकृतिक एवम् मानवीय विपत्तिमा सहयोग पु¥याउने ध्येयका साथ अरुणिमा परोपकार प्रतिष्ठानको स्थापना भएको हो । प्रतिष्ठानका उद्देश्यहरू यस प्रकार छन्ः
  • विभिन्न कारणले पछि परेका क्षेत्रका, गुणस्तरीय शिक्षाको अवसरबाट वञ्चित विपन्न तथा जेहनदार विद्यार्थीलाई अरुणिमा शैक्षिक प्रतिष्ठानअन्तर्गतका विद्यालय÷शैक्षिक कार्यक्रमहरूमा छात्रवृत्तिसहित आबद्ध गराई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्ने । साथै,सो कार्यक्रममा आबद्ध भइसकेका आर्थिक रूपले विपन्न एवम् जेहनदार विद्यार्थीलाई पूर्ण वा आंशिक छात्रवृत्ति प्रदान गरी गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्ने,
  • विद्यालय÷शैक्षिक कार्यक्रमहरू उत्कृष्ट रूपमा सञ्चालन गर्न आवश्यकतानुसार पूर्वाधार विकासमा सहयोग पूर्याउने ,
  • शैक्षिक कार्यक्रमको गुणस्तर विकासका लागि जनशक्ति तालिम, सेमिनार, गोष्ठी, शैक्षिक आदानप्रदान कार्यक्रमहरू सञ्चालन गर्ने,
  • शैक्षिक विषयमा विभिन्न अनुसन्धानमूलक कार्यहरू गर्ने,
  • प्राकृतिक सब्कट, विपत्ति तथा महामारीलाई दृष्टिगत गरी आवश्यकतानुसार कल्याणकारी कार्यहरू सञ्चालन गर्ने,
  • प्राकृतिक एवम्मानवीय वातावरण संरक्षण, स्वास्थ्य प्रवद्र्धन एवम्जनसब्ख्या व्यवस्थापनजस्ता विषयमा चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने गराउने,
  • प्रतिष्ठानमा उल्लेख्य योगदान गर्ने शिक्षक÷कर्मचारीलाई सम्मान गर्ने र राष्ट्रिय गौरव बढाउने प्रतिभा व्यक्तित्वलाई सम्मान गर्ने,
  • व्यक्ति, संस्था, सरकारी निकायबाट अनुदान, सहयोग प्राप्त गरी मूल अक्षयकोष र सहायक अक्षयकोष (छात्रवृत्ति योजना) हरू स्थापना र सञ्चालन गर्ने,मूल अक्षयकोष र सहायक अक्षयकोषहरूबाट अर्जित ब्याज, प्रतिफलबाट उल्लेखित उद्देश्यहरू कार्यान्वयन गर्ने ।
मूल अक्षयकोषको वित्तीय परिचालनबाट आर्जन हुने ब्याज÷प्रतिफललाई संस्थाका उद्देश्यहरू हासिल गर्न खर्च गर्ने सन्दर्भमा प्रतिष्ठानको विधानमै प्राथमिकताक्रम तोकिएको छ । छात्रवृत्तिमा ५० प्रतिशत र अन्य प्रयोजनमा ५० प्रतिशत खर्च गर्न सकिने किटानी व्यवस्था छ । हालसम्म (प्रारम्भिक चरणमा) आजीवन सदस्यता शुल्क र सहयोग रकमबाट झण्डै २९ लाख रूपियाँको मूल अक्षयकोष खडा भइसकेको छ । निश्चित उद्देश्य, हितकारी वर्ग र कार्यक्रम किटान गरी सहायक अक्षयकोष स्थापना गर्न सकिने विधानको व्यवस्थाबमोजिम विभिन्न सहायक अक्षयकोषहरू स्थापना भइसकेका र अझै स्थापना हुने क्रममा छन् । यस्ता सहायक अक्षयकोषको रकम झण्डै ५० लाख पुगेको छ ।
प्रतिष्ठानको विधानमा साधारण,संस्थापक,आजीवन, संस्थागत, मानार्थ र संरक्षक सदस्यको व्यवस्था छ । आजीवन सदस्य बन्नका लागि हाल एकमुस्ट दश हजार रूपियाँ तोकिएको छ । अरुणिमा शैक्षिक प्रतिष्ठानका गुठियार, सल्लाहकार, शिक्षक, कर्मचारी, पूर्व विद्यार्थी, अभिभावक र संस्थाको विधान स्वीकार गर्ने शुभेच्छुक व्यक्तिहरू संस्थाका सदस्य बन्न सक्नेछन्।
प्रतिष्ठानलाई सहयोग गर्ने विभिन्न माध्यमहरु छन् । पहिलो, आजीवन सदस्य बनेर मूल अक्षयकोषमा योगदान गर्न सकिन्छ । दोस्रो, आफ्नो इच्छाअनुसार लक्षित वर्ग, उद्देश्य वा कार्यक्रम किटान गरी कुनै सहायक अक्षयकोष स्थापना गर्न सकिन्छ । सहायक अक्षयकोषको अर्जित रकमबाट कोषका संस्थापकको इच्छाअनुसार छात्रवृत्ति प्रदान गर्न सकिनेछ ।
यस संस्थामा आर्थिक योगदानमात्र होइन, शुभेच्छुक तथा सहयोगीहरूको आबद्धता अझ महत्वपूर्ण रहने ठम्याइ हाम्रो छ । तसर्थ, हामी शुभेच्छुक तथा सहयोगी महानुभावहरूको संलग्नता÷सहभागिताका लागि अपिल गर्दछौँ ।
हामीले यो धरा उपहारस्वरूप पाएका हौं । यसलाई अझ सुन्दर बनाउनु हाम्रो दायित्व हो । यसलाई सुन्दर बनाउने अनेक पाटाहरू छन् । त्यसमध्येको एउटा पाटो परोपकार–कर्म पनि हो । हामी त्यही कर्ममा लागेका छौँ । यसलाई हामीले लोककल्याणकै अनुष्ठानका रूपमा लिएका छौँ । अनुष्ठानको एउटा पाटो सहृदयी, परोपकारी र मनकारी मनहरूका आफन्त वा प्रियजनहरूको स्मृतिलाई जीवन्त राख्न सहायक अक्षयकोष स्थापना गर्नु हो, जुन हामीले सुरु गरिसकेका छौँ। यस्तो पुनीत कार्यमा सहभागी व्यक्तिलाई हामीले प्रचारमुखी होइन, परोपकारी मनको रूपमा बझ्ने गरेका छौँ ।
यस संस्थामा हामी सबै परोपकार र लोककल्याणको भावनाका साथ संलग्न छौँ । हामी यही भावनाका साथ शुभेच्छुक तथा सहयोगी महानुभावहरूको संलग्नताका लागि हार्दिक अपिल गर्दछौँ । यहाँहरूको संलग्नताले प्रतिष्ठानलाई महत्वपूर्ण ऊर्जा प्राप्त हुनेछ ।
भीमानन्द ढुब्गाना
अध्यक्ष
अरुणिमा परोपकार प्रतिष्ठान