श्री सरस्वती मा. वि, ग्याल्थुममा भावनात्मक तथा थोरै आर्थिक सहयोग सहितको भ्रमण आयोजना

मिति २०८० फाल्गुण २७ गते आईतबार यस "अरुणिमा परोपकार प्रतिष्ठान"ले सिन्धुपाल्चोक क्षेत्रकै अग्रणी शैक्षिक संस्था "श्री सरस्वती मा. वि, ग्याल्थुम" (जसलाई गएका वर्षका बाढी तथा पहिरोले ठूलो क्षति पुर्याएको थियो) मा भावनात्मक तथा थोरै आर्थिक सहयोग सहितको भ्रमण आयोजना गरेको थियो। सो भ्रमणमा संस्थाका पदाधिकारीहरु साथै आजीवन सदस्यज्यूहरु तथा अन्य शुभचिन्तकहरुको उपस्थिति रहेको थियो र यस परोपकारी कर्ममा उहाँहरु लगायत अन्य थुप्रै आदरणियजनहरुको उल्लेखनीय योगदान थियो।

श्री सरस्वती मा. वि को पुनरुत्थानमा नेपाल सरकार तथा सम्पूर्ण शुभचिन्तकहरुको मन, धन र तनको अविलम्ब तथा अर्थपूर्ण कदमहरू चलुन भनी शुभेच्छा प्रकट गर्दछौं।