Scholarship Fund Agreement L.I.G.H.T 2062 Scholarship Initiative

मिति २०८१ आषाढ १५ गते शनिबार अरुणिमा मा वि बौद्धमा आयोजित कार्यक्रममा यस विद्यालयका पूर्व विद्यार्थीहरु (एस. एल. सी ब्याच २०६२) ले अरुणिमा परोपकार प्रतिष्ठानलाई सहायक कोष सञ्चालन बापत रु. आठ लाख पच्चीस हजार (८,२५,०००/-) हस्तान्तरण गरेको छ। साथै संरक्षक श्री बटु प्रसाद न्यौपाने ज्यूले आफ्नो कविता संग्रह बाट संकलित रकम रु. बीस हजार (२०,०००/-) पनि यस प्रतिष्ठानलाई हस्तान्तरण गर्नु भएको थियो।

सो कार्यक्रममा प्रतिष्ठानका संरक्षक ज्यूहरु, सल्लाहकार ज्यूहरु, विभिन्न समितिका सदस्य ज्यूहरु, कार्यसमिति सदस्य ज्यूहरुका साथै एस. एल. सी ब्याच २०६२ लाई प्रतिनिधित्व गर्दै श्री मिलन रिजाल तथा श्री शिव राज तिमिल्सिना ज्यूको उपस्थिति रहेको थियो।

सम्पूर्ण उपस्थित महानुभाव तथा एस. एल. सी ब्याच २०६२ बाट संलग्न सम्पूर्ण दाताहरुलाई धन्यवाद व्यक्त गर्दछौं।

अरुणिमा परोपकार प्रतिष्ठान